एसिया कप क्रिकेट आजदेखि उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्दै

एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् ।प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो । पाकिस्तानको पहिलो खेल भोलि भारतसँग रहेको छ । त्यस्तै अगस्ट ३० मा बङ्गलादेश र अफगानिस्तान, अगस्ट ३१ मा भारत र हङकङबीच खेल हुनेछ । सेप्टेम्बर १ मा श्रीलङ्का र बङ्गलादेश तथा सेप्टेम्बर २ मा पाकिस्तान र हङकङबीच खेल हुने तालिका छ ।प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?