चीनको शिन्जियाङ्ग क्षेत्रमा मानवताविरुद्धको अपराध गरेको हुनसक्ने संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा उइगर मुस्लिम समुदायविरुद्ध त्यहाँका बन्दी शिविरहरूमा यातना तथा यौन दुर्व्यवहार गरिएका विवरण तथ्यपरक भएको उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घले चीनलाई शिन्जियाङ्गमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न समेत आग्रह गरेको छ । चीनको महिनौँ लामो दबाव र मिशेल ब्याचलेटको राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यकाल सकिनु दश लाखभन्दा धेरै उइगर तथा अन्य अल्पसङ्ख्यक समुदायका सदस्यलाई शिन्जियाङ्गमा बन्दी बनाइएको आरोपबारे चीनले अस्वीकार गर्दै आएको छ । तर अध्ययन प्रतिवेदनमा बन्दीहरूलाई शृङ्खलाबद्ध दुर्व्यवहार गरिएको, यौन तथा लैङ्गिक हिंसाका घटना भएकालगायत उल्लेख छ । राष्ट्रसङ्घले चीनलाई जथाभावी थुनामा राखिएका सबै बन्दीहरूको रिहा गर्न तत्काल कदम चाल्न सुझाव दिएको छ ।