नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ ।नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ ।केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १-० को अग्रता बनाइसकेको छ ।आजको खेल जित्दै शृंखला जित्ने योजनामा नेपाल रहेको छ ।

नियमित कप्तान सन्दीप लामिछाने सीपीएल खेल्न वेष्ट इन्डिज जाँदा रोहित पौडेलले नेपालको कप्तानी गरेका थिए ।नेपालले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो ।युवा खेलाडीलाई अवसर दिँदै आएको घरेलु टोली केन्याले दोस्रो खेलमा पनि नयाँ खेलाडीलाई अवसर दिने सम्भावना छ ।नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय खेल सोमबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?