नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४९ दशमलव २ ओभरमा पूरै वीकेट गुमाउँदै २३० रन बनाएको हो ।आजको खेलमा कप्तान रोहित पौडेलको अर्धशतक प्रहार गरे । उनको अर्धसतकीय पारीसँगै नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यालाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य पस्केको हो ।नेपालले शुक्रबार भएको पहिलो एकदिवसीय खेल जितेर १–० को अग्रता लिएको छ ।