पछिल्लो समय लगातारजसो ओरालो लाग्दै आएको शेयरबजारमा आइतबार सामान्य अंकको बृद्धि भएको छ ।उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंक बराबरले उकालो लागेर १९ सय ७७ कायम भएको छ । कारोबार भने अझै घटेर १ अर्ब हाराहारीमै खुम्चियो । यस दिन बढीजसो समूह हरियो रहे । यस दिन ९ वटा उपसमूह उकालो लाग्दा ४ वटा ओरालो लागे ।
होटल तथा पर्यटन, अन्य, उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक अरु समूह सकारात्मक रहेका हुन् । यस दिन एक्सचेन्जमा २ सय २७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड बराबरमा खरीदविक्री भएको एक्सचेन्जले जनाएको छ ।यस दिन १ सय ३३ कँपनीको शेयरमूल्य बृद्धि हुदा ४१ कम्पनीको घटेकोछ । यस दिन रु रु जलविद्युतको शेयरमा सकारात्मक सर्किट लाग्दा हिमालयन एभरेष्ट इनसुरेन्सको ९ र जोशी हाइड्रोपावरको ८ प्रतिशतले बृद्धि भएकोछ ।
यस दिन कारोबार रकमको आधारमा रिडि हाइड्रोपावर अग्रस्थानमा रह्यो । यसको मात्र ८९ करोड माथिको कारोबार भएको एक्सचेन्जले जनाएको छ ।