चलचित्र अभियानको प्रिमियर शो आयोजना गरिएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको यस चलचित्रको गत शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गरिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राइको प्रमुख आतिथ्यता तथा प्रदेश १ सांसद सर्वध्वज सावा र आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राममान्डुप राईको बिशिष्ट आतिथ्यता रहेको थियो । मदन बहादुर राइ प्रस्तुतकर्ता रहेको यस चलचित्रका लेखक, निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङ हुन् । यसमा स्व। जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मैना घिसिङ निर्माता रहेको फिल्ममा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।