अङ्ग्रेज(नेपाल युद्धको कथामा बनेको ‘नालापानी’को ओएसटी रिलिज

तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नालापानी’को ओएसटी भिडियो रिलिज गरिएको छ । ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।
चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् । बलभद्र कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको निर्देशक अधिकारीले बताए । फिल्ममा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्माण पक्षको भनाइ छ ।
फिल्मको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा। डा। धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवरु पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा। डा। धनराज कुँवर, प्रा। डा। त्रिरत्न मानन्धर, प्रा। दिनेशराज पन्त, प्रा। डा। सुरेन्द्र केसी, पूर्व सहायक रथि डा। प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका ९डेभिड०, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वनद्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ ।
‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?