राष्ट्रपति भण्डारीसँग कमल थापाले गरे भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ भने राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् ।नागरिकता विधेयकको बारे थापाले सामाजिक संजाल मार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?