‘सामी सामी’ गीतमा नृत्य गर्ने नेपाली बालिकालाई भेट्न चाहन्छिन् रश्मिका

साउथकी चर्चित अभिनेत्री रश्मिका मन्दानाले आफू अभिनीत चलचित्र ‘पुष्पा’ को ‘सामी सामी’ गीतमा नृत्य गर्ने नेपाली बालिकासँग भेट गर्ने इच्छा व्यक्त गरेकी छन् । मकवानपुर हेटौंडाकी स्कुले ती बालिकाले नृत्य गरेको भिडियो हेरेपछि रश्मिकाले ट्विटरमार्फत् भेट्ने इच्छा जताएकी हुन् ।नेपाली बालिकाले नृत्य गरेको भिडियो ट्विटरमा शेयर गर्दै उनले लेखेकी छन्, ‘मेड माइ डे । म यो प्यारीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु रु’ ‘सामी सामी’ गीतमा यसअघि लाखौंको संख्यामा नेपालीहरुले टिकटक बनाइसकेका छन् । तर, ती बालिकाले रश्मिकाको नृत्य शैली आफ्नै अन्दाजमा टिपेकी छन्, जुन रोचक लाग्छ । त्यसैले पनि उनले नाचेको भिडियो सर्वाधिक रुचाइएको छ ।

ती बालिकाको नाम बारिसा क्षेत्री हो । उनी हेटौंडाको रसल एकेडेमीकी छात्रा हुन् । उनी अहिले यूकेजीमा अध्ययन गरिरहेकी छिन् । विद्यालयमा हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापका क्रममा उनले यो गीतमा नृत्य गरेकी थिइन् । उनको नृत्यले रश्मिकालाई समेत मोहित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?