अमेरिकाले दुई हजार वर्ष भन्दा पुरानो बहुमूल्य सिक्का ईजरायललाई फिर्ता गरेको छ ।यहुदीहरुले रोमन विरुद्ध विद्रोह गर्नु भन्दा अघि सन् ६७ मा काटिएको सिक्का अमेरिकाले फिर्ता गरेको हो ।अत्यन्तै दुर्लभ भनिएको यो चाँदीको सिक्काको मूल्य दश लाख डलर रहेको छ ।जेरुसेलमको इला उपत्यकाबाट डाँकाहरुले लुटेको आशंका गरिएको उक्त सिक्का अमेरिकामा रहेको जानकारी २० वर्ष अघि पाएपछि इजराइलले सिक्का फिर्ता गराउने प्रयास थालेको थियो ।
यो सिक्का जेरुसेलमबाट जोर्डन, युके हुँदै तस्करहरुले अमेरिका पुर्याएको विश्वास गरिएको छ ।एक पटक यो सिक्का बेलायती म्युजियममा पनि पुगेको रेकर्ड फेला परेको छ । सन् २०१७ मा कोलोराडोको डेनभरमा लिलामी हुँदै गरेको बेला अमेरिकी गृह मन्त्रालयका अधिकारीहरुले सिक्का जफत गरेका थिए ।