अन्तिम संस्कार’मा विजय लामादेखि कालीबुढीसम्म

नेपाली चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सुरु भएको छ । यसअघि ‘गोर्खास् बिनिथ द ब्रेभरी’ निर्देशन गरेका प्रदीप शाहीले निर्देशन गरिरहेको यो चलचित्रको छायांकन हिमाली जिल्ला मुस्ताङको जोमसोमबाट सुरु भएको हशाई प्रोडक्सन नेपाल प्रा।लि।को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी ‘कालीबुढी’, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको ‘अन्तिम संस्कार’को ४० प्रतिशत छायांकन मुस्ताङमा हुनेछ भने बाँकी छायांकन काठमाडौंमा गरिने निर्देशक शाहीले बताए । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा यसको छायांकन हुने चलचित्रका निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । चलचित्रको छायांकन बाबु श्रेष्ठले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?