दर्शक रिझाउन मोफसल टुरमा निस्कँदै ‘बाबरी’ टिम

आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबरी’ टिम मोफलस यात्रामा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठूला सहरमा आयोजना गरिने बताए ।

चलचित्रको सार्वजनिक गीत(संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले चलचित्रको प्रचार(प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ । चलचित्रको टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फर्किने छ ।यस्तै, ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगीतिक भव्य कन्सर्टको आयोजना गर्दै चलचित्रको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र क्रिकोणात्मक प्रेमककथामा आधारित छ ।

चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ । चलचित्र गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ ।सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?