वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखा अनुसार हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एकरदुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

२०७९ असोज १० गते सोमबारदिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शप्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?