गौतम धिमालले पाए अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड

देशका लागि पहिलो पटक गौतम धिमालले अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड आईपीए २०२२ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको घोषणा यही अक्टोबर २५, २०२२ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केल हलमा हुनेछ ।

यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यस अघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाएका भएपनि ती तस्विरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए । धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्ष समेत हुन् ।धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापनरफेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । धिमालका अवार्ड विजेता तस्बिरहरू मा हेर्न सकिन्छ । अहिले १९ औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड आईपीएले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिर सबमिशन प्राप्त गर्दछ ।

मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी चलचित्रका लागि लाइन प्रोड्युसरको रूपमा काम गर्दै आइरहेका छन् भने हाल उनले स्वदेशी चलचित्र समेत निर्माण गरेका छन् ।धिमालले थुप्रै स्थानीय र अन्तर्राष्ट्रिय चलचित्र निर्माण टोलीसँग मिलेर काम गरिसकेका छन् । उनलेद्यद्यऋ इलभ, ँइह्, र म्ष्कलभथ सँगै रेड बुल, र अरू धेरै जस्ता विश्वव्यापी ब्रान्डहरूसँग सहकार्य गरेका अन्तर्राष्ट्रिय स्टुडियोहरू हुन् ।अन्तर्राष्ट्रिय फोटोग्राफी पुरस्कारले व्यावसायिक, शौखिन, र विद्यार्थी फोटोग्राफरहरूको लागि विश्वव्यापी रूपमा वार्षिक प्रतिस्पर्धा सञ्चालन गर्दछ, जुन आजको फोटोग्राफी संसारमा सबैभन्दा प्रतिष्ठित र मुख्य प्रतियोगिताको रूपमा परिचित छ । अवार्डको उद्देश्य विश्वका उत्कृष्ट फोटोग्राफरहरूको उपलब्धिलाई पुरस्कृत, प्रोत्साहन गर्नु, नयाँ र उदयमान प्रतिभा पत्ता लगाउनु र फोटोग्राफीको प्रशंसालाई बढावा दिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?