हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। । प्रदेश १, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।