गोकुल बास्कोटा भन्छन्– रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै रहेको बताएका छन् ।देशमा डेंगीले महामारीको रुप लिँदै जाँदा पनि सरकार र नागरिक समाजहरू बेखबर रहेको भन्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।त्यस्तै उनले एमालेलाई सरकार चलाउन सिकाउनेहरूलाई कांग्रेसभित्रै सभापति देउवाले तोरीको फूल देखाइदिएको पनि बताएका छन् । केहीबेरअघि सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकार र नागरिक समाजप्रति तीखो कटाक्ष गरेका हुन् ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदका उम्मेदवारहरूको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसभित्र तीव्र विवाद भइरहेकोतर्फ पनि बास्कोटाको उनको कटाक्ष लक्षित देखिन्छ ।‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोगाउन माझी खोज्न हिँडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?