चुनाव चिन्ह हैन चरित्रका कारण विपक्षी पनि ठाकुरको पक्षमा ।

प्रतिनिधी तथा प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन भएको दिन गठबन्धन भित्रको दलका एक नेताले नेकपा एमालेको तर्फबाट पाल्पा २ का उम्मेदवार ठाकुर प्रसाद गैरे प्रति सद्भाव सहितको स्टेटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे । राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामीको यस्तो आशयको स्टेटसले गठबन्धन बृतमा राम्रो छलफल चलायो । पटक पटक सांसद भएका र अवसर पाएका सोमप्रसाद पाण्डेसंगको प्रतिशपर्धामा रहेका ठाकुर प्रसाद गैरेको तागत हेर्न पनि गैरेको पक्षमा मतदान गर्नुपर्ने कतिपय फरक धारका ब्यक्तिसंग दर्लामीको आशय मिलेको थियो ।

दर्लामिले टिकट प्राप्तिको सफलतालाई इङिगत गरेर गैरेलाई प्रतिनिधीसभा सदस्यमा विजयीका लागि सुभकामना समेत दिएका छन । उनले लेखेका छन, ‘हार्दिक बधाई तथा शुभकामना दाइ, ओलिको अधिनायकवाद लाई छिचोल्दै, तपाइले यो पटक टिकट प्राप्तिमा सफलता हांसिल गर्नु भएको छ । क्षमता र योगदान हुँदाहुँदै पनि बारम्बार चेपुवामा पर्नु भएको थियो । हामी राजनीतिक गठजोडको फरक मैदानमा भएपनी भावानात्मक रुपमा तपाइप्रती मेरो हृदयदेखि नै सद्भाब छ । चुनाव पनि एउटा लडाइको मोर्चा हो, हार वा जित गौण कुरा हो । मुख्य कुरा तपाइको स्पृट अझ शसक्त बनोस । फेरि पनि सफलताको शुभकामना !’
दर्लामीले सबै पार्टीमा असल र खराव ब्यक्ति भएको भन्दै चुनावमा पार्टी भन्दा ब्यक्ति हेर्नुपर्ने बताउँछन । ‘ओलि खराव हुन, तर एमालेका सबै नेता खराव होइनन्, हाम्रो पार्टीमा पनि खराव असल सबै नेताहरु छन’ दर्लामीले भने, ‘म पार्टीको जिम्मेवार ओहोदामा बसेको कारण मैले निर्णय अनुसार भुमिका गर्नुपर्छ स्टेटसलाई सोहि अनुसार बुभm्नुपर्छ ।’


हाल अमेरिकामा रहेका चर्चित लोक तथा दोहोरी गायक कमल खनाल नेपाली काङग्रेसका समर्थक हुन । उनले कुटुम्ब पोस्ट संगको कुराकानीमा पाल्पाको विकासका लागि दल हेर्न नहुने भन्दै ठाकुर प्रसाद गैरेको फोटो आफ्नो फेसबुकमा पोस्ट गरेका छन । गैरे संगै खनालले गगन थापा, विश्वप्रकाश, रामकुमारी झाँक्रीको समेत फोटो अपलोड गरेका छन ।
पाल्पामा ८ वर्ष राजनीतिक बृतमा रहेका अखिल छैठौँ पाल्पाका पुर्व अध्यक्ष पुरन पोखरेलले पनि ठाकुर गैरेलाई संसदिय भुमिकामा लाने गरि पाल्पालीले निर्णय लिनुपर्ने बताएका छन । कुटुम्ब पोस्ट संगको कुराकानिमा उनले भने,‘गठबन्धन मान्नुपर्ने हो म जिम्मेवार ब्यक्ति पनि हो तर ५ पटक सांसद भएर परिवर्तन नभएपछी जनताले सोच्न परेन र ? टेस्टेटहरु जनताले इच्छाएका उम्मेदवारहरु होइनन् । एउटै ब्यक्ती पटक पटक सांसद र मन्त्री हुँदा पाल्पा जस्तो ऐतिहासिक जिल्ला छिमेकी जिल्ला गुल्मी र अर्घाखाँची जत्ती पनि राष्ट्रिय राजनीतिमा निर्णायक बन्न नसक्नु पहिचान बनाउन नसक्नु दुःखद हो । ठाकुर गैरे प्रथम त पाल्पाली विद्यार्थी आन्दोलनको उत्पादन हुन र राष्ट्रिय राजनीतिमा सैद्धान्तिक बैचारिक दृष्टिकोण बोकेका स्वच्छ छबिका नेता हुन । त्यसकारण एकपटक ठाकुर गैरेलाई पाल्पाली जनताले टेस्ट गर्न पाउनुपर्छ र गर्नुपर्छ भन्ने बुझाई मेरो बुझाई हो । राजनीति भित्र टेस्टेड हरुको सिण्डिकेट तोडन मात्रै भएपनी ठाकुर गैरे आउनु पर्छ भन्ने हो ।’

त्यस्तै नेपाली काङग्रेसका एक क्रियाशिल सदस्यले पनि जुनकुनै दलबाट पनि पटक पटक जनप्रतिनिधी बन्नु जनताको चाहना विपरित हुने धारणा राखेका छन । ‘मैले यो वा त्यो दल भन्नु परेन’ नाम नखुलाउने शर्तमा उनले भने, ‘हेरिसकेकालाई भन्दा नयाँलाई अवसर दिनुपर्छ ।’

-नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?