रामपुर नगरपालिकाले सडकमा राखेका सामान हटाउने

पाल्पा – नजिकिदै गरेको तिहारमा हुने बजार भिडभाडलाई मध्यनजर गर्दै प्रहरीले बजार व्यवस्थापनमा सघाउन अनुरोध गरेको छ । बजारका साघुरा सडक गल्लि ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिड्नुपर्ने अबस्थामा दुर्घटनाको जोखिम समेत भएकोले गाडीमा माइकिङ सहित प्रहरीले व्यापारी, व्यबसायीमा अनुरोध गरेको हो ।

पसल बाहिर सडक पेटी ओगटेर सामान बिक्रि गर्दा बजाउर अस्तव्यस्त देखिने र दर्जनौ गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको भन्दै माइकिङ गर्दै पसलमा पुगेर व्यबसायी संग अनुरोध गरेको हो ।

रामपुरको मुख्य बेझाड बजारका प्रायः सबै गल्ली चोकमा पुगेर बाहिर राखिएका सामान हटाउन सचेत गराइएको र नहटाए कानुनी प्रक्रियाबाट हटाइने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । यात्रु र पैदल यात्रीलाई नै सहज गराउन सचेतना फैलाइएको देवकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?