आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै नेपालमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ ।
पश्चिमी वायुकै प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भई हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बिशेषगरि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । बिहान बेलुका चिसो भए पनि घाम चर्किदा दिउँसाे भने गर्मी छ ।