‘के घर के डेरा’को गीतमा टिकटक बनाएर २५ हजार जित्न सकिने

रिलिज उन्मुख नेपाली चलचित्रहरुले गीत तथा अन्य कन्टेन्टमाथि टिकटक प्रतियोगिता आयोजना गर्ने क्रम बढिरहेको अवस्थामा तिहारको छेको पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘के घर के डेरा’ले पनि दर्शकलाई लोभ्याउनका लागि टिकटक प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चलचित्रको शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।

डेरामा बस्दाको समस्या बोल्ने गीतमाथि टिकटक बनाएर आफ्नो फेसबुक वालमा शेयर गर्नुका साथै चलचित्रको लाइक पेजमा ट्याग गर्नुपर्ने, चलचित्रको लाइक पेज लाइक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने र टिकटक भिडियो चलचित्रको पेजमा इनबक्स म्यासेज गर्नुपर्नेछ । त्यसमध्ये उत्कृष्ट एक जनाले २५ हजार पुरस्कार प्राप्त गर्ने निर्देशक दीपेन्द्र के। खनालले बताए ।

काठमाडौंमा घर हुने र नहुनेहरुको समस्या उठान गरेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?