पञ्चायत विरोधी आन्दोलनका क्रममा बीपी कोइराला स्याङ्जाको आम सभालाई सम्बोधन गर्न पुग्दा प्रहरीले गोली चलायो । बीपीलाई युवा तथा विद्यार्थी परिचालन कमिटीका संयोजक रहेका कास्कीका महादेव गुरुङले बचाए । आफूलाई बचाएका गुरुङलाई बीपीले त्यतिबेलै नेपाल विद्यार्थी संघको महामन्त्री बनाइदिए ।
ज्ञानेन्द्रबहादुर कार्की नेविसंघको अध्यक्ष हुँदा महामन्त्री बनेका गुरुङ गिरिजाप्रसाद कोइरालाका पनि प्रिय थिए । शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा बालकृष्ण खाँण पनि उतै लागेपछि गिरिजाप्रसादले गुरुङलाई तरुण दलको अध्यक्ष बनाएका थिए । २०५६ सालमा कास्की क्षेत्र नम्बर २ बाट चुनाव जितेर पर्यटन राज्यमन्त्री भए । कास्कीमा हक्की र केन्द्रीय नेताहरूसँग नडराई आफ्ना कुरा राख्न सक्ने नेताको परिचय बनाएका गुरुङले २०७० सालमा टिकट पाएर पनि जित्न सकेनन् ।
२०७४ सालमा टिकटै नपाएका गुरुङ यसपटक समानुपातिकमा नाम सिफारिस भएर पनि परेनन् भने प्रत्यक्षको पनि टिकट पाएनन् । विचार नमिल्नेसँग गठबन्धन र देउवाले टिकट किनबेच गरेको आरोप लगाउँदै उनले बागी उम्मेदवारी दिएका छन् ।सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीले पाएको कास्की क्षेत्र नं। २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका गुरुङलाई सभापति देउवाले नाम फिर्ता लिन आग्रह गरेका थिए । तर, कारबाही सहने भन्दै उनी चुनावी मैदानमा होमिएका छन् ।
प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार महादेव गुरुङसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंश स्लामो समय कांग्रेसको राजनीति गरेको, मन्त्री समेत भइसकेको व्यक्तिले किन बागी उठ्नुपरेको हो रु
मैले राजनीति गरेको ५२ वर्ष भएछ । मैले जुन आदर्श, मूल्य र मान्यताको राजनीति गरें, अहिलेका नेताहरूले सबै खाइदिए । अहिलेको पार्टीका नेताको आदर्श भनेको सत्तामा जाने, प्रधानमन्त्री वा मन्त्री बन्ने र कमाउने मात्र छ । त्योभन्दा अर्को केही देखिनँ ।अहिले गठबन्धन बनेको पनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूलाई पालैपालो प्रधानमन्त्री, मन्त्री बन्न र सत्ता कब्जा गर्न मात्र हो । सत्ता केका लागि भन्दा पैसा कमाउन, भ्रष्टाचार गर्न । आज उद्योगधन्दा, व्यापार गर्ने मान्छेहरू बैंकको लोन तिर्न नसकेर, किस्ता बुझाउन नसकेर छट्पटिइरहेका छन् । तर राजनीतिक नेताहरूसँग यतिका धेरै पैसा कहाँबाट आइराखेको छ
शेरबहादुर देउवासँग यति धेरै पैसा छ, जसका कारण संविधानमा भएको व्यवस्था पनि उहाँले उल्लंघन गर्नुभएको छ । मन्त्री र प्रधानमन्त्री भइसकेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्दैन रु शीर्ष नेतालाई जे गरे पनि छुट छ रु आज जता हेरे पनि लुट छ, भ्रष्टाचार छ । हिजो म कास्की जिल्ला विकास समिति सभापति हुँदा भ्रष्टाचार विरुद्ध लडेर आएको हुँ । सिडिओले भ्रष्टाचार र लुट मच्चाउँदा गृहमन्त्रीलाई जानकारी गराएँ, तर रोकिएन र मैले सिडियोमाथि नै हातपात गर्नुपर्ने अवस्था आयो । भ्रष्टाचार विरुद्ध आवाज उठाउन मैले कांग्रेसबाटै विद्रोह गर्नुपर्ने अवस्था आयो ।
तपाईंले टिकट पाए ठिक, नपाए सबै भ्रष्टाचारी, सबै प्रजातन्त्र विरोधी हुन्छ
मैले टिकट पाउनु नपाउनुसँग नजोडौं न १ मैले त कुरुप राजनीतिविरुद्ध आफूलाई उभ्याएको हुँ । आज शेरबहादुरले आफ्नो श्रीमती, अरू नेताका श्रीमती र आसेपासेलाई टिकट बाँडे । के हामीले लडेर ल्याएको व्यवस्था यसकै निम्ति थियो त रु आज महादेव गुरुङ त अन्यायमा पर्योपर्यो, अब भावी पुस्तामाथि अन्याय नहोस् र भोलि जनतामाथि अन्याय गर्ने हिम्मत नगरुन् भन्नका लागि पनि म चुनावी मैदानमा होमिएको हुँ । आज यो आन्दोलनमा मान्छेहरूले महादेव गुरुङलाई एक्लै देखेका छन्, भोलि यो अभियानमा धेरै महादेव जोडिन्छन् र हामी सफल हुन्छौं ।
कास्की–३ बाट समानुपातिकमा सिफारिस भएको थियो, तर बन्दसूचीमा नाम काटियो । तपाईंको कास्की–२ मा उम्मेदवारी, त्यही कुण्ठा र आक्रोश पनि हो भन्छन् नि प्रचण्डजी कहाँबाट लड्छु भनेका थिए, कहाँबाट लडे रु प्रदीप पौडेल कहाँबाट लड्छु भनेर कहाँबाट लडे रु नेताहरूले जहाँबाट जसरी लडे पनि हुने, म साधारण कार्यकर्ता लड्न नपाउने भन्ने त होइन होला नि १ यत्रो वर्ष राजनीति गरेको व्यक्तिले त्यसै विद्रोह गर्यो होला रु यो न कुण्ठा हो न आक्रोश । यो त सोची–विचारी गरिएको निर्णय हो ।
तपाईंको नाम समानुपातिक सूचीमा प्राथमिकताका साथ राखेको भए त उठ्नुहुँदैनथ्यो होला नि रुसाथीहरूले मेरो नाम समानुपातिक सूचीमा सिफारिस गर्नुभएछ । तर अहिले कांग्रेसमा कि त दाम बुझाउन सक्नुपर्छ या त नेताको पाउ मोल्न । मसँग दुवै कुरा छैन । त्यसैले अघिल्लो पटक पनि मैले टिकट नपाएकै हो र अहिले पनि टिकट पाउँदिन भन्नेमा म विश्वस्त थिएँ । मैले के सोचें भने यो नेतृत्वलाई यसरी तानाशाही बनाएर बस्न दिनुहुँदैन । तानाशाही भयो भनेर राजालाई फाल्ने, अनि शेरबहादुरलाई तानाशाही बन्न दिने रु मैले सहन सकिनँ र जनताकै बीचमा जाने निर्णय गरें ।
पैसा नबुझाएकै र नरिझाएकै कारण देउवाले टिकट दिएनन् भन्ने तपाईंको बुझाइ हो
शेरबहादुरले पछिल्ला केही चुनावमा पैसाकै खेलमा टिकट बाँड्नुभएको छ । म धेरै टाढा जान्नँ, कास्की क्षेत्र नम्बर २ को ९ख०मा गएको चुनावमा जसले टिकट पायो, ऊभन्दा निष्ठावान र पार्टीमा क्षमतावान व्यक्ति थिएनन् रु पोखराकै पूर्व उपमेयर नरेशशंकरले पनि दाबी गर्नुभएको थियो । अरू पनि थुप्रै योग्य पात्र थिए, तर विन्दु थापाले टिकट पाउनुभयो । म धेरै कुरा भन्दिनँ, यसकै आधारमा देउवाले कसरी टिकट बाँडिरहेका छन् रु कस्तालाई बाँडिरहेका छन् रु भन्ने मैले भनिरहनुपर्दैन, जनताले बुझेका छन् ।
यो पार्टीमा गणेशमानले पनि रोएर छोड्नुभो, कृष्णप्रसाद भट्टराईले पनि छोड्नुभयो । त्यसै छोड्नुभएको त होइन नि १ उहाँहरूले नै बनाएको पार्टी थियो र त छोड्नुभो । मैले विद्रोह गर्नु नै उचित ठानें ।
शेरबहादुरजी मभन्दा राजनीतिमा आएको केही समय अगाडि होला, उहाँले पटक–पटक टिकट पाउनुभयो । रामचन्द्रजीले पटक–पटक टिकट पाउनुभयो । उहाँहरूले पाउन हुने, मैले पाउन नहुने कारण के हो त रु म योग्य छैन भने पार्टीले कारबाही गरे हुन्छ नि १