टी २० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जारी

अष्ट्रेलियामा जारीे टी२० विश्वकपमा आज आइतबार दुई खेल सुरु भएका छन् ।होर्वाटमा हुने पहिलो खेलमा श्रीलंका तथा आयरल्याण्ड खेलिरहेका हुन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजेबाट सुरू भएको छ । दुई टोलीले हालसम्म टी२० मा दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । दुवै खेलमा श्रीलंका विजयी भएको छ ।

साथै आइतबार नै हुने दोस्रो खेलमा पाकिस्तान र भारतबीच खेल हुनेभएको छ । सोही खेल मेलबर्न मैदानमा हुने दुई टिमबीचको खेल आइतबार दिउँसो पौने २ बजे सुरु हुने भएको छ ।भारत र पाकिस्तानले खेलेका पछिल्ला ५ वटा टी २० खेलमा तीनमा भारत तथा दुईमा पाकिस्तान विजयी भएका छन् ।विश्वकपको फाईनल खेल १३ नोभेम्बरमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?