ग्लोबल आईएमई बैंकले १३. ६ प्रतिशत लाभांश दिने

ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८र७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३६ प्रतिशत लाभांश बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८र७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३ प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । बैंकका अनुसार कुल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?