बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?