रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ । सबै कलाकार अलग अलग भावभंगीमा प्रस्तुत छन् ।
आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्र कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो । अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा निर्माण भएको चलचित्रले नेपाली समाजमा सबैले भोगिराखेकै कथा उठाएको निर्देशक गुरुङले बताए ।उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की लगायतको पनि अभिनय छ । जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रको कार्यकारी निर्माता मणिराम पोखरेल र निर्माता मनिष ढकाल हुन् ।