देशभरको मौसमको अवस्था कस्तो छ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।आज सोमबार बिहान देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही रहेको छ । साथै बाँकी भूभागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । त्यस्तै, बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश१, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।सोमबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?