हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार यस्तो छ आजको मौसमः
दिउँसो पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।