आज पनि हल्का वर्षाको सम्भावना

पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ ।

त्यसैकारण आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।

बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?