मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’ दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनी मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ परेका हुन् ।
व्यवसायी प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलका अनुसार थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर पक्राउ गरिएको हो ।
उनले थापालाई तत्काल रिहा गर्नुपर्ने बताए । थापालाई तत्काल रिहाइ नगरे संघर्षका कार्यक्रम गरिने पौडेलले बताए ।
दुर्गा प्रसाईले चितवनको नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रमको दिन भरतपुर विमानस्थलमा कालोमोसो दस्ता घोषणा गरिएको थियो । उनिहरुले आफूहरुको पहिलो निशाना बैंक तथा वित्तिय संस्था रहेको बताएका थिए ।