केपी ओलिद्वारा गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन

केपी ओलिद्वारा गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन टोपलाल अर्याल गुल्मी, १४ चैत पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलिले गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडकको उद्घाटन गरेका छन ।

सडकको उद्घाटन गर्दै ओलिले योजनालाई पुर्णता दिन सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले देशभर आफुहरुको सरकार हुँदा नागरिकले आश गर्न लायक थुप्रै पुर्वाधार बिकासका काम अगाडी बढेकाले निरन्तरताको लागि एमालेले बहुमत प्राप्त गर्नुपर्ने बताए । छत्रकोट गाउँपालिका ४ को दिगाम स्थित पिपलनेटा-दिगाम-धरमपानी-मानकोट-दैघा सडकखण्ड अन्तरगत १.०८ किलोमीटर सडक कालोपत्रे भएको हो ।

गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमीटर सडक मध्ये सुरुको खण्ड कालोपत्रे गरिएको गाउँपालिकाका इन्जिनियर पुष्कर खनालले जानकारी दिए । प्रदेश समपुरक कोष अन्तरगत दुई करोड तीन लाख ८० हजार आठ सय ६७ रुपैयाँमा पुष्पान्जली शकर जेभी तम्घासले निर्माण गरेको खनालले बताए । यो योजना गत मसिरमा सम्झौता गरिएको थियो । यो सडक गाउँपालिका भित्र आन्तरिक सडक मध्ये पहिलो कालोपत्रे हो ।

यो सडक ०४९/५० सालमा पहिलो ट्र्याक खोलिएको हो । सडक झन्डै तीन दशकपछि कालोपत्रे गरिएको छ । गाउँपालिका प्रमुख रामप्रसाद पान्डेयले तीन जिल्ला जोड्ने कालोपत्रे सडकले नागरिकको जीवन स्तर माथी उठाउन टेवा पुग्ने बताए । उनले नागरिककको शिक्षा, स्वास्थ र खानेपानीको पहुँच अभिबृद्दी गर्दै कृषि तथा सडक संरचनामा पनि पालिकाले उदाहरणीय काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?