मिसन ग्रासरुट सिन्धुपाल्चोक: सातसय टोलमा पुगे चौध हजार एमालेका नेता कार्यकर्ता

नेकपा (एमाले)ले सुरु गरेको मिसन ग्रासरुट अभियानमा जिल्लाका चौध हजार बढी नेता कार्यकर्ता परिचालित भएका छन् । संगठन सुदृढीकरण, शुद्धिकरण र विस्तारको योजनाअनुरुप सुरु भएको अभियानकामा जिल्लाभरका सात सय टोलसम्ममा संगठनात्मक संरचना निर्माण तथा सक्रियता गराईएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए । टोल, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्र र जनसंगठन समेत सो अभियानमा सक्रियताकासाथ लागिरहेको नेपालले बताए ।

‘माथिल्लो कमिटीका ६० प्रतिशत र तल्लो तहको सतप्रतिशत नेता कार्यकर्ता मिसन ग्रासरुटमा जोडिएर जिम्मेवारी पूरा गनुभएको छ,’ अध्यक्ष नेपालले भने । अभियानअन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकामा सुरु भएको र अन्य स्थानीय तहमा अभियान समापनको तयारीमा पुगेको नेकपा एमाले सिन्धुपाल्चोकले जनाएको छ । वडा तहसम्मका सबै संगठनको संरचनाको बैठक, भेला, योजना निर्माण संचालन भएको नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले जानकारी दिए । मिश्रकाअनुसार हरेक वडामा कम्तीमा एक सय पचास जना पार्टी सदस्य अभियानमा जोडिएका छन् । ‘

चौतारा नगरपालिका, ईन्द्रावती र जुगल      लिकाको अभियानमा सहभागी भएर फर्किनुभएका मिश्र भन्छन्, –‘ग्रासरुटप्रति आम धारणा सकारात्मक रहेछ र स्थानीय नेता/कार्यकर्ता अविचलित हुनुहुँदो रहेछ ।’ फागुन ८ देखि सिन्धुपाल्चोकमा सुरु भएको मिसन ग्रासरुटको हेलम्बु गाउँपालिकाबाट सुरुवात गरी हेलम्बु, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकामा तोकिएका कार्यक्रमहरु सम्पन्न उन्मुख रहेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । संगठन परिचालनको अवस्था, सुधार, स्थानीय अन्तरविरोध र यसका छिटाहरुलाई निराकरण गर्न अभियान सफल भएको नेताहरूको दाबी छ ।

‘देशमा भएका परिवर्तन, विकास र समृद्धिमा नेकपा एमालेको भूमिकाप्रति ग्रासरुटमा स्थानीयको एमालेप्रतिको भरोसा र अपेक्षा दुबै रहेको पायौँ’– बलेफी, भोटेकोशी र बाह्रविसे नगरको अभियानमा रहेका केन्द्रीय सदस्य निर्मल भट्टराई भन्छन् । सुनकोशी र लिसंखुपाखरको अभियानमा खटिभएका मनोजंग थापा योजना निर्माण, समिक्षा, स्थानीय पार्टी पंक्तिको माग, सुझाव तथा गुनासो संकलन गर्दै पार्टीको अभियानमा रहेका सुदृढ र विस्तारीत एमाले निर्माणको क्रम निरन्तर संचालन हुने बताउँछन् ।

पलिका, वडा तथा टोलसम्म अभियान लिएर पुगेको र सबै जनसंगठनलाई जिम्मेवारीसहित चुस्त बनाइएको एमाले मेलम्ची नगर कमिटी अध्यक्ष विजयकृष्ण श्रेष्ठको भनाइ छ । जनसरोकारका मुद्दा स्थानीय सरकारसम्म पुर्‍याउन अभियानले सहयोग पुगेको सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामा बताउछन् । ग्रासरुट अभियानले पार्टी चलायमान भएको र कार्यकर्तामा उत्साह भरिएको ईन्द्रावती गाउँपालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?