शनिबार बिहान सर्खेत पुगेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खडका सुर्खेत विमानस्थल ओर्लने बित्तिकै फरक दृश्य देखियो । जहाजबाट ओलर्नेबित्तिकै खड्काले खुँडा टेकेर भुइँमा ढोगे । खड्का मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सुर्खेत पुगेका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने कुनै काम आफूबाट नहुने बताए। सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए।