पेसागत महासंघको अध्यक्षमा पुण्यप्रसाद ढकाल निर्विरोध, को–को बने पदाधिकारी र सदस्य ?

नेकपा एमालेनिकट पेशागत महासंघ नेपालको अध्यक्षमा पुण्यप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौं राष्ट्रिय महाधिवेशनले ढकालको नेतृत्वमा १७ जना पदाधिकारीसहित ९९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । महासंघको उपाध्यक्षमा भोलानाथ पोखरेल, हरिकुमार श्रेष्ठ र सुशीला श्रेष्ठ तथा महासचिवमा केदार देवकोटा चयन भएका छन् । यस्तै, उपमहासचिवमा लक्ष्मण बजगाई र कोषाध्यक्षमा श्याम पाण्डे चयन भएका छन् । यसैगरी गैरभौगोलिकतर्फका सचिवमा कमल पराजुली र हिराबहादुर थापा चयन भएका छन् भने संस्थानतर्फको सचिव पद रिक्त रिक्त राखिएको छ । भूगोलतर्फका ७ जना सचिवमा कोशीबाट मुक्ति गौतम, मधेशबाट रामदेव लाल दास, बागमतीबाट श्याम पाण्डे, गण्डकीबाट रामप्रसाद खनाल, लुम्बिनीबाट छवि पाण्डे, कर्णालीबाट शिव सापकोटा र सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र जोशी चयन भएका छन् । महासंघले सात प्रदेशबाट एक जना महिलासहित ४ जना केन्द्रीय सदस्यका दरले २८ जना र खुलातर्फ १८ जना महिला र १८ जना पुरुष गरी ३६ जना निर्वाचित गरेको छ । यस्तै पिछडिएको क्षेत्रबाट २, अपांगता भएकाहरूबाट १, आदीवासी जनजातीबाट ४, दलिततर्फ ३ र मधेसीतर्फ ४ गरी ९५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । चार सदस्य भने रिक्त रहेका छन । महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा राजकुमार गिरी, लेखा आयोगको अध्यक्षमा मेघदेव पन्त र निर्वाचन आयोगको अध्यक्षमा उत्तम न्यौपाने चयन हुनुभएको छ । केन्द्रीय सदस्यको नाम भने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?