आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीले सजिलै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सक्ने भएको छ ।
सेवाग्राहीले आईएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत इन्स्योरेन्सको पे प्रिमियममा गई आईएमई लाइफ नवीकरण क्लिक गरी मागिएको विवरण प्रदान गरी केही मिनेटमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन् ।
याे सेवा ग्राहकलाई भौतिक रूपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको आईएमई पेले जनाएकाे छ ।