मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई उनको पार्टीका सभापति रवि लामिछाने र उनकी श्रीमतीले पैसा माग्न लगाएको दाबी गरेका छन् । उनले ढाकाकुमार एक पात्र मात्र भएको बताउँदै धेरै पार्टी भित्र त्यस्ता पात्र हुने र उनीहरुलाई चलाउने पार्टी प्रमुख र उनका श्रीमती हुने गरेको आरोप लगाए । व्यवसायी प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि एक टिभीलाई अन्तरवार्ता दिँदै प्रसाईंले आफैले उक्त अडियो सार्वजनिक गर्न लगाएको बताए । उनले रविको पार्टी बारे सबै जनताले समयमै बुझुन भन्ने हेतुले अडियो टेप सार्वजनिक गरेको बताए ।