नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजका सबै वर्ग र समुदायको पार्टी भएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको आकांक्षा पूरा गर्ने बताएका हुन् ।
‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो । अर्थात् नेकपा एमाले समाजका सबै वर्ग र समुदायको हित गर्ने पार्टी हो,’ अध्यक्ष ओलीले भने ।
सम्बोधनका क्रममा उनले युवाहरूले इतिहास नभइ भविष्यको कुरा गर्नु र सोच्नुपर्ने बताउँदै भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा जोड दिएका छन् ।