शैक्षिक उत्प्रेणा बढाउन शिक्षक, विद्यार्थी र अभिभावकलाइ माथागढी गाउँपालिका वडा न १ चिदीपानी वडा कार्यालयको आयोजना सौभाग्य माबिको सह आयोजनामा चिदीपानी स्थित ७ वटा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई २ दिने उत्प्रेरणा विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम वडा अध्यक्ष एवम् शाैभाग्य मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो। विद्यालयहरुको गुणस्तर सुधार र सरकारी विद्यालय अभिभावक विद्यार्थिको आकर्षणको केन्द्र बनाउनका लागि शिक्षक विद्यार्थी र अभिभावकको भूमिका रहनेभएकाले उत्प्रेरणा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
यहि चैत्र २७ र २८ गते दुईदिनसम्म चलेको उत्प्रेरणा सम्बन्धि प्रशिक्षण बरिस्ठ प्रशिक्षक डा. तारा प्रसाद गिरी ले गर्नुभएको थियो।विद्यालय सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकोले यो प्रशिक्षण उपलब्धि मुलक भएको सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनालको भनाइ छ। कलिला बालबालिकालाई सही शिक्षा र संस्कार , परिवार, समाज र देशमा सकारात्मक परिवर्तन अभिभावक, शिक्षक र विद्यार्थीले’
पूरा गर्नुपर्ने दायित्व, उनीहरूले दैनिक सुधार गर्नुपर्ने आनीबानी, महान व्यक्तिका जीवनबाट पाइने शिक्षाका बारेमा तारा जीले महत्त्वपूर्ण प्रशिक्षण दिनुभएको हो। दुइ दिनसम्मको प्रशिक्षणमा विद्यालयहरुका कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी,अभिभावक तथा शिक्षक स्टाफ गरि जम्मा ८०० जनाको सहभागीता रहेको थियो
सौभाग्य मा बि,जाउपोखरा आधारभुत विद्यालय,आदर्श आधारभुत विद्यालय,ज्ञानोदय प्राबि,नबजागृत प्रा बि शिब दीप प्राबि र भुपति प्राबि बाट अभिभावक शिक्षक विद्यार्थी सहभागी भएका थिए सौभाग्य माबि चिदीपानीमा भएको कार्यक्रम अनुप उपाध्यायले गर्नुभएको थियो।