नेपाली काँग्रेसको शेखर कोइराला पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । आज बसेको इतर समूहको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने निर्णय गरेको हो । काँग्रेसबाट यसअघि नै चारजना मन्त्री सरकारमा सहभागी भइसकेका छन् । कोइराला पक्षले नाम नदिँदा बाँकी मन्त्री सरकारमा पठाउन ढिलाई भएको थियो । बैठकमा आफूहरूको अडानको कारणले तीन मन्त्री र एक राज्यमन्त्री पाउन सफल भएको कोइरालाले बैठकमा ब्रिफिङ गरेका थिए । यसअघि देउवाले कोइरालालाई दुईवटा मन्त्रालय मात्रै दिने बताएपछि कोइराला पक्ष असन्तुष्ट रहँदै आएको थियो । कोइराला पक्षबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य र राज्यमन्त्रीमा मैना रावल कार्की सरकारमा जाने निश्चित भएको छ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)