इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो । जितसँगै राजस्थान आईपीएलको अंक तालिकामा छ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई भने चार अंकसहित पाचौँ स्थानमा रहेको छ । आईपीएल अन्तर्गत आज बिहीबार पञ्जाव किंग्स र गुजरात टाइन्सबीचको खेल हुँदै छ । खेल साँझ ७ः४५ बजे पञ्जाब क्रिकेट संघ स्टेडियममा हुनेछ ।