काठमाडौंको बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गएराति साढे ९ बजे भीआईपी सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले गोली चलाएको प्रहरी स्रोतले जानकारी दियो । गोली लागेर पुनकी आमा घाइते भएकी छन् । खुट्टामा गोली लागेर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।