नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले वैशाख १० गते हुने निर्वाचनमा हरेक बुथमा १०० जनाको युवा दस्ता खटाइने बताएका छन् । यो निर्वाचमा एमालेलाई घेराबन्दी गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको हुँदा त्यसलाई चिर्नका लागि एमालेले हरेक बुथमा १०० जना युवा खटाउन लागेको उनले बताएका छन् । एमालेले देशमा खेलेको भूमिकालाई लिएर विपक्षी पार्टीहरू आत्तिएको सन्र्दभमा एमाले नै जनताको पार्टी भएको समेत बस्नेतले बताए । ‘एमालेले गएको मंसिरको चुनावमा घेराबन्दी तोडेर पनि जनताको शक्ति बनेको छ । देश र राष्ट्रियताको पक्षमा खेलेको एमालेको भूमिकाले नेपाल र नेपाली जनताको शीर उँचो बनाएको छ । जस्तोसुकै घेराबन्दी तोड्न पनि एमाले र युवा संघ तयार छ,’ बस्नेतले भने ।
जे जति विकास र समृद्धिका कामहरू भए सबै एमालेको सरकारको पालामा भएको हुँदा विकासका लागि एमाले नै चाहिने नेता बस्नेतको भनाइ छ । ‘देशमा एकैचोटी अस्पतालको शिलान्यास भयो, पुल पुलेसो वने, वृद्धभत्ताको सुरुवात भयो, वडामा न्युनतम १५ शैयाको अस्पताल, हरेक वडा भवनको निर्माण सबै एमालेको पालामा भयो । भारतले नाकाबन्दी लगाउँदा ओली सरकारले त्यसको सामना गर्यो र देशको शीर उँचो बनायो । भारतीय अतिक्रमण, चुच्चे नक्सा जारी सबै एमालेको सरकारको पालामा भयो । यो स माओवादीको जनयुद्धदेखि नै युवा संघले त्यसको प्रतिवाद गर्दै देश र जनताको पक्षमा काम गर्दै आएको बताउँदै उनले हरेक आक्रमणमा युवा संघ मैदानमा उत्रिएर प्रतिकार गरेको बताए । ‘जनताको र युवाको पार्टी नै एमाले भएको हुँदा कुनै पनि अमुक शक्तिको सामु युवा संघ झुक्दैन,’ बस्नेतले भने ।
युवाको रक्षा, युवाको विकास र समृद्धि नै युवा संघ भएको हुदाँ डटेर लाग्न समेत बस्नेतले निर्देशन दिए । युवा परिवर्तनको शक्ति हुन् । युवाको साथ र सहयोगले नै देश समृद्ध वनाउन सकिन्छ, युवाको उचित व्यवस्थापनमा युवा संघ तत्पर छ, बस्नेतले बताए । सो कुरा बस्नेतले चुनावी अभियानको सन्र्दभमा देवघाटमा आयोजित कार्यकर्ता भेलाको सन्दर्भमा बताएका हुन् । ब जनताले नजिकवाट नियालेको छ, अब त्यसको अभिमत जनताले निर्वाचनमार्फत दिनेछ,’ बस्नेतले भने ।