आजपनि सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन पनि आइतबारकै मूल्य प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कोरोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?