अचेत रहेका शम्भुलाई रविको सन्देश- प्रिय भाइ हामी दुवैलाई हार्ने छुट छैन, छिटो ठिक भएर फर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घरको छतबाट खसेर गम्भीर घाइते भएका आफ्ना सवारी चालक दिलबहादुर थापा ‘शम्भु’लाई सम्बोधन गर्दै भावुक स्टाटस् लेखेका छन् । लामिछानेले शम्भुलाई प्रिय भाई सम्बोधन गर्दै आफूहरूलाई हार्ने छुट नभएको बताएका छन् । रविले पीडामा पनि राजनीतिको रोटी सेक्नेहरूलाई चिनाउनु छ भन्दै छिटो ठिक भएर फर्कन भनेका छन् । ‘प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक-एकलाई चिनाउनु छ । छिटो ठिक भएर फर्क मेरो भाइ,’ उनले लेखेका छन् ।

यस्तै उनले शम्भुको उपचारमा संलग्न चिकित्सकहरूलाई धन्यवाद पनि दिएका छन् । ‘सीओएमएस अस्पतालमा चिकित्सक होइन भगवान रहेछन्,’ रविले लेखेका छन् । रविले शम्भुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको पनि जानकारी दिएका छन् । शम्भुको काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा थप उपचार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?