महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु भएको छ । गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक बुधबार बसले मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डलको मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)