काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्व परेको रिटमाथि आज पनि सुनुवाई भएन । न्यायाधीस सुष्मालता माथेमाको इजलासमा तोकिएको रिटको सुनुवाई आज पनि स्थगित भएको हो । न्यायाधीस माथेमा बेन्च बस्न नभ्याउँदा सुनुवाइ स्थगित भएको जानकारी दिइएको छ । महानगरपालिकाले फोहोर नउठाउने निर्णय गरेर नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारी कुण्ठित गरेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए ।