संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज किन्न नदिन आफू विरुद्ध घेराबन्दी सुरु गरिएको बताउनु भएको छ । बिहीवार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किरातीले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि घेराबन्दी सुरु गरिरहेको बताउनु भएको हो ।
मन्त्री किरातीले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एक वटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने मन्त्री किरातीले बताउनुभयो ।
मन्त्री किरातीले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाइएको चर्चा गर्नुभयो ।