आदर्श आधारभुत विद्यालय माथागढी १ चिदीपानी पाल्पाको ६७ औ वार्षिकोत्सब कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिका वडा न १ का अध्यक्ष राजकुमार पन्थीले विद्यालयले गुणस्तरीय शिक्षा दिने बिषयमा दिनरात काम गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थी आकर्षणको लागि योजना निर्माण गरि अगाडि बढ्नुपर्ने उल्लेख गर्दै विद्यालयको शैक्षिक भौतिक र समग्र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि शिक्षा समिति सदस्य तथा सौभाग्य माध्मामिक बिद्यालयका प्रधानाध्यापक कृश्ण प्रसाद खनालले आदर्श स्कुलको इतिहांस शिक्षा क्षेत्रमा नामी रहेको बताउनुभयो । बिद्यालयमा अब्बल विद्यार्थी रहेको र हाल नीति निर्माण तहमा विद्यालयको उत्पादन रहेको उल्लेख गर्दै प्रधानाध्यापक खनालले नयाँ इतिहांस बनाउदै निरन्तर विद्यार्थी आकर्षणको केन्द्र बनाउने प्रयत्न गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा वडा सदस्य लिला कुमारी बिक,जाउपोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक गिरिराज बेल्बासे, पुर्ब प्रधानाध्यापक जगन्नाथ काफ्ले,सङ्कर काफ्ले, अभिभावक संघ अध्यक्ष टोपला पान्डे, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्ध बहादुर सारु लगाएतले विद्यालयलाई प्रगतिको शुभकामना दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक गिरिजा पान्डेले विद्यालयको वार्षिक आय ब्याय सहित समग्र बिसयबस्तुको प्रतिबेदन प्रस्तुत गर्नुभयो ।