बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ । बैठकमा बजेटका विषयमा छलफल भएको बताइएको छ । बजेटलाई लिएर गठबन्धनभित्रै असन्तुष्टि छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्चाए सरकार ढाल्नेसम्मको चेतावनी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?