जनकपुरधाम।१ असारमा आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ छ। ‘अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’ अर्थमन्त्री यादवले भने । आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदैछ। अर्थ मन्त्रालयका सचिव भट्टराई प्रदेश सरकारको २० अर्ब र सङ्घीय सरकारले दिने १५ अर्ब अनुदान गरी करिब ३५ अर्बको बजेट आउने बताउँछन्।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)