कोशी प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रम प्रस्तुत हुने

कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ । बैठक विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?